श्री निकोलस पाण्डे, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष हुनुहुन्छ । उहाँ Copenhagen Business School बाट MBA उत्तीर्ण गर्नुभएको छ । उहाँले निर्माण व्यवसाय, जलविद्युत क्षेत्रमा २० वर्षको अनुभव हासिल गर्नु भएको छ र एक कुशल एवं प्रतिष्ठित व्यवसायीको पहिचान स्थापित गर्नुभएको साथै निर्माण व्यवसाय संग सम्बन्धित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ
हाल उहाँ Federation of Contractors' Associations of Nepal (FCAN) को Senior Vice President, Nepalese Young Entrepreneurs Forum (NYEF) को President, Young Presidents Organization (YPO) को Board Member, International Dispute Resolution Board को Member, Confederation of Nepalese Industry (CNI) को National Council Member मा आबद्ध रहनु भएको छ साथै विगतमा International Federation of Asian and Western Pacific Contractors' Association (IFAWPCA) मा २ वर्ष 2nd Vice President तथा Youth Community for Nepalese Contractors (YCNC) मा President को रुपमा आबद्ध रहनु भएको थियो । ।
श्री बलराम खत्री लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक हुनुहुन्छ र संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्नुहुन्छ । वहांले मानविकी तथा समाज शास्त्र विषयमा स्नातकोपाधि हासिल गर्नु भएको छ । वहां नेपाल सरकारको नेपाल प्रहरी जस्तो गरिमामय संस्थामा ३० वर्षको सेवा अनुभव हासिल गर्नुभई हाल सेवानिवृत्त जीवनयापन गर्दै आउनु भएको छ ।
श्री मनिष तिमिल्सना लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक हुनुहुन्छ र संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्नुहुन्छ । वहांले त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंक तथा वित्तीय क्षेत्रमा विभिन्न ब्यवस्थापकीय पदमा २३ वर्षको लामो अनुभव संगाली कुमारी बैंक लिमिटेडको उप–प्रमुख कार्यकारी अधिकृत पदबाट सेवानिवृत्त हुनुभएको हो । वहांको दुुई दशक भन्दा बढिको बैकिङ्ग क्षेत्रको अनुभवले लगानीलाई व्यवस्थित गर्ने, कार्यालयको व्यस्थापन गर्ने तथा सुपरिपेक्षण गर्ने लगायतको क्षेत्रमा राम्रो दखल राख्नुभएको छ । हाल वहां नयाँ ब्यवसायिक परियोजना तथा सामाजिक कार्यहरुमा सक्रिय रहनु भएको छ ।
श्री नेहा अग्रवाल लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको संचालक हुनुहुन्छ र संस्थापक शेयरधनी श्री लाइटहाउस इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्नुहुन्छ । वहाँ The Institute of Chartered Accountants of India र Institute of Chartered Accountants of Nepal बाट चार्टर्ड एकाउन्टेन्टको उपाधि हासिल गर्नुभएको छ । वहाँ विगत ७ वर्षदेखि लेखापरीक्षक तथा लेखा एवं लेखापरीक्षण सम्बन्धी परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्छ र नेहा एण्ड एशोसिएट्स संस्थाको प्रोप्राइटर हुनुहुन्छ ।
श्री आशिष सिंह लिवर्टी माईक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालक हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापन विषयमा स्नातकोत्तर उपाधी हासिल गरी बीमाका विभिन्न कम्पनीमा २१ वर्ष भन्दा बढिको अनुभव हासिल गर्नुभएको छ । वहां विभिन्न बीमा कम्पनीको विभिन्न विभागहरुमा काम गरी Deputy General Manager पदमा कार्यरत रही कम्पनी प्रमुखको समेत अनुभव हासिल गर्नुभएको छ । हाल आफ्नो व्यक्तिगत व्यवसायमा संलग्न रहनुभएको छ ।
Digvijay Singhal has been serving as the Deputy General Manager since the inception of the company. With a distinguished career spanning 23 years in the life insurance sector, he brings a wealth of expertise and insight to his role. Throughout his extensive career, Mr. Singhal has worked across a variety of departments, including Sales, Marketing, Underwriting, Agency, Policy Servicing, Branding, and Operations. This diverse experience has equipped him with a comprehensive understanding of the life insurance industry. At present, Digvijay Singhal oversees the company’s operations, acts as the Underwriting Head, and fulfills the duties of Company Secretary.